एनएलजी इन्स्योरेन्सद्वारा पोखरामा बीमा सचेतना तथा घुम्ती कार्यक्रम सम्पन्न

२३ मंसिर २०७८, बिहीबार २३:०३

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको क्षत्रिय कार्यालय पोखराको आयोजना आज पोखरामा घुम्ती बीमा तथा बीमा सचेतना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको ।

यही मंसिर २३ गते बिहिवार क्षेत्रिय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका, घाचोक मा कृषि तथा पशु पंछी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

स्थानीय पाँच दर्जनभन्दा बढि किसानहरुको सहभागितामा सम्पन्न कार्यक्रममा कृषकहरूले बीमाको सम्बन्धमा जिज्ञाशा राख्नुका साथै बीमा गर्ने प्रक्रियाबारे जानकारी लिएका थिए । सो छलफल कार्यक्रम पश्चात् घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरिएको थियो । सो घुम्ती बीमा सेवा कार्यक्रममा दर्जनौं किसानहरुले बीमा सेवा लिएका थिए ।

कृषक तथा पशु पालन किसान ले आफ्नै घर दैलोमा बीमा सेवा प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै बीमा बारे जानकारी लिएका थिए ।सोही कार्यक्रमकै अवसर पारेर एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले घुम्ती बीमा कार्यक्रमको अवसर पारेर पशुधनको मृत्यु दाबी गरेका केही किसानहरुलाई रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीको घुम्बी बीमा बीमा सचेतना कार्यक्रम निकै प्रभावकारी रहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*