सूर्या लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश बीमा समितिबाट स्वीकृत
२३ मंसिर २०७८, बिहीबार २१:४८
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । आर्थिक वर्ष २०७६र७७ को लाभांश मंसिर २२ गते बीमा समितिबाट स्वीकृत भएको हो ।
कार्तिक १३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १२।७० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०।६६८४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । उक्त लाभांश समितिले स्वीकृत गरेको हो ।