नबिल बैंकको “नबिल डिजीबैंक पोर्टल” सार्वजनिक, के–के छन् सुविधा ?

२३ मंसिर २०७८, बिहीबार १४:४६

काठमाडौं । नबिल बैंकले “नबिल डिजीबैंक पोर्टल” सार्वजनिक गरेको छ । सार्वजनिक पोर्टलबाट बैंकका ग्राहकले एकद्धार प्रणाली मार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

उक्त पोर्टलको आज भएको एक कार्यक्रमकाविच बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरि साहाले उद्घाटन गरेका हुन् ।

अब नबिल डिजीबैंक पोर्टलबाट अनलाइन फिक्स डिपोजिट, डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेष्मेन्ट, मर्चेन्टअनबोडिङ र रिटेल एसएमई लोन लगायत सेवाहरू ग्राहकले लिन सक्नेछन् । बहुत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजनाको स्थापना गरिएको उक्त परियोजनाको स्थापना गरिएको हो ।

नबिल भर्चुअल आईकार्ड नबिल स्मार्ट बैंक एप भित्र इमबोस्ड गरिएको सेवा भएकाले यसको माध्यमबाट ग्राहकले सजिलैसंग आफ्नो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । साथै, ब्यालेन्स टपअप पनि गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*