मेरो माइक्रोफाइनान्सको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

२३ मंसिर २०७८, बिहीबार ११:३०

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नौं वार्षिक साधारण सभा भोलि (मंसिर २४ गते) बस्ने भएको छ । सभा होटल टावर बिदुर नुवाकोटमा बिहान ११ः३० मा बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्षका वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर ९ गतेदेखी २४ गतेसम्म बुक क्लोज गरेकाले मंसिर ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*