मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

२३ मंसिर २०७८, बिहीबार १०:२०

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश दिन लागेको हो ।

कम्पनीको मंसिर २२ गते बसेको संचालक समितको बैठकले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ७९ करोड ७३ लाख ७६ हजार रुपैयाँको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि गरी ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*