प्रगतिपथको पाँचौं वर्षमा सानिमा लाइफ, अझै बढि लाभ, सरल र उत्तरदायी बीमा व्यवसायमा जोड

२२ मंसिर २०७८, बुधबार १९:२४

काठमाडौं । स्थापनाकालदेखि नै दीगो, भरपर्दो र विश्वसनीय बीमा व्यवसायमा लागेको सानिमा लाइफको प्रगतिपथमा लम्कने क्रम जारी छ । चार वर्षअघि आजैका दिनबाट औपचारिक कारोबार सुरु गरेको सानिमा लाइफ चौथो वसन्तहरुमा आशालाग्दो प्रगति गर्दै आधा दशकको यात्राको क्रममा बीमितलाई अझै बढि लाभ दिने, बीमितहरुले सरल रुपमा बीमा सेवा पाउने तथा बीमा केवल हुनेखानको लागि मात्रै नभई हुँदा खानेहरुको पहुँचमा समेत पुर्याउने दृढता सहित अघि बढिरहेको छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौं वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रम लगायतका विविध कार्यक्रम गरी मनाएको सो कम्पनीले जनाएको छ ।

कम्पनीले चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा प्रमुख कार्यकारी अधिकृत अगम मुखियाले सबै ग्राहक, व्यक्तिगत तथा संस्थागत अभिकर्ता, शेयरधनी, नियमनकारी निकाय, शुभचिन्तकलगायत सबैमा हालसम्मको माया, साथ र सहयोगका लागि आभार व्यक्त गरेका छन् । सिईओ मुखियाले आगामी दिनमा कम्पनीले दीगो विकास, सरल बीमा सेवा र उत्तरदायी बीमा सेवा प्रवाह गर्ने दृढता व्यक्त गरेका छन् ।

कम्पनीले पाँचौं बार्षिकोत्सवकै अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले आफ्नो दरबारमार्गस्थित कार्यलयमा रक्तदान कार्यक्रमको आयोजना गरी भव्य रुपमा बार्षिकोत्सव मनाएको जनाएको छ । बार्षिकोत्सवमा उक्त कार्यक्रममा कम्पनीको अध्यक्ष कुमार कोइराला, सञ्चालक डा. सुबर्ण दास श्रेष्ठ, संचालक बद्री विशाल घिमिरेलगायत कम्पनीको ब्यबस्थापन समूह कर्मचारी तथा अभिकर्ताको उपस्थितमा थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*