महालक्ष्मी विकास बैंकद्धारा २० थान डस्टबिन सहयोग

२२ मंसिर २०७८, बुधबार १६:३१

काठमाडौं । महालक्ष्मी विकास बैंकले डस्टबिन सहयोग गरेको छ । बैंकको कमाने शाखाले हेटौडा उपमहानगरपालिका वडा नंं. ११ मा रहेको गणेश टोल विकाश संस्थालाई २० थान डस्टबिन सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।

उक्त डस्टबिन कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौंडा ११ का कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले गणेश टोल विकास संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरु, समाजिक अभियान्ता, स्थानीय उद्योगी, व्यापारी तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*