सुपरमाई हाइड्रोपावरले १० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

२२ मंसिर २०७८, बुधबार १४:३६

काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्नको लागि नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) सँग अनुमाति मागेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता आइपीओ निष्काशनको लागि सेबोनमा अनुमति मागेको हो । कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

कम्पनीले साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*