एनसीसी बैंकले २५ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम गर्ने

२२ मंसिर २०७८, बुधबार १३:१४

काठमाडौं । एनसीसी बैंक लिमिटेडले २५ औं वार्षिकोत्सव भोलि (मंसिर २३) गते मनाउँदै छ ।

सोही अवसमार बैंकले सातै प्रदेशमा उक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । बैंकले सातै प्रदेशमा रहेका १० वटा शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम गर्ने भएको हो ।

बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा, बागबजार र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदुपश्चिम प्रदेशको धनगडी शाखाबाट रक्तदान कार्यक्रम गर्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*