सामुदायिक लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

२२ मंसिर २०७८, बुधबार १३:०९

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले गत आवको लाभांश शेयरधनीहरुलाई वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्जा नोक्सानी विवरण) स्वीकृत गरी वार्षिक सधारण सभामा पेश गर्ने प्रयोजनार्थ प्रकाशित गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।

साथै कम्पनीले आगामी वार्षिक साधारण सभाबाट नगद लाभांश, बोनस शेयर तथा हकप्रद शेयर वितरण गरिने कुनै प्रस्ताव गरेको छैन । जसअनुसार कम्पनीले शेयरधनीहरुलाई गत आवको मुनाफा वितरण गर्नेछैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*