महिला लघुवित्तको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

२२ मंसिर २०७८, बुधबार १०:५१

महिला लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । सभा हिमालय दृष्य रिसोर्ट धुलिखेल काभ्रेमा बिहान १०।३० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ५०५ लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको मुनाफाबाट ४७।५५ बोनस सेयर र कर प्रयोजनको लागि २।५५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । त्यस्तै, अन्य वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ लघुवित्तले मंसिर १६ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार कात्तिक मंसिर १५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको बोनस पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*