पाँच जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, नगद र बोनस कुनको कति ?

२२ मंसिर २०७८, बुधबार १०:२१

काठमाडौं । पाँच जीवन बीमा कम्पनीहरुले  आर्थिक बर्ष २०७६/७७ को लाभांश घोषणा गरिसकेका छन् । हाल संचालित १९ जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनीले अघिल्लो आर्थिक बर्षको लाभांश घोषणा गरेका हुन् ।

पाँच जीवन बीमा कम्पनीहरुमध्ये एशियन लाइफले सबैभन्दा धेरै लाभांश घोषणा गर्न सफल भएको छ। आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गर्नेमा एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ र प्राइम लाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये प्राइम लाइफ इन्स्योरेन्सको लाभांश भने पारित भइसकेको छ ।

मंसिर १९ गते सम्पन्न प्राइम लाइफको वार्षिक साधारणसभाले १५.८७ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सूर्या लाइफ इन्स्योरेन्सले १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२.७ प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने घोषणा गरेको हो ।प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा सम्बन्धित कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले पाउनेछन्।

उता निर्जीवन बीमा कम्पनीमध्ये अधिकांशले आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित पनि गरिसकेका छन् । तर हालसम्म आर्थिक वर्ष २०७७÷७८ को लाभांश घोषणा गर्नेमा प्रिमियर इन्स्योरेन्स मात्रै रहेको छ भने बाँकीले हालसम्म उक्त वर्षको लाभांश घोषणा गरेका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*