एक्सल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

२१ मंसिर २०७८, मंगलवार १०:०३

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी शेखर राज बस्ताकोटी, इन्दु तुलाधर र दिपक कुमार सरावगीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

बस्ताकोटीको नाममा रहेको ७० हजार कित्ता, तुलाधरको नाममा रहेको १० हजार कित्ता र सरावगीको नाममा रहेको ७१ सय कित्ता संस्थापक शेयर बिक्रीका लागि संचालक समितिले प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय विर्तामोड झापामा के कति कित्ता शेयर खरिद गर्न चाहने हो सम्पूर्ण विवरण खुलाई आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित नियमअनुसार अन्य व्यक्तिलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*