प्राइम लाइफको नयाँ संचालकहरु निर्वाचित

२० मंसिर २०७८, सोमबार १२:०७

काठमाडौं । प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट र सर्वसाधराण शेयरधनीको तर्फबाट गरी कुल ७ जना संचालक नियुक्त भएका हुन् ।

संस्थापक शेयरधनीको तर्फबाट पियुष राज अर्याल, दिपेश अमात्य, डा.सन्तोष अग्रवाल, प्रमिला केसी थापा र सर्वसाधारण शेयरधनीको तर्फबाट राजिव प्रसाद प्याकुरेल र सुरज श्रेष्ठ संचालकमा नियुक्त भएका छन् ।

त्यस्तै, स्वतन्त्र संचालकमा डा. रेशम थापा नियुक्त भएका छन् । कम्पनीले आगामी ४ वर्षको लागि उक्त शेयरधनीहरुलाई संचालकमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*