प्राइम लाइफ इन्स्योरेन्सको सिइओ भट्टराईको वार्षिक तलब ८९ लाख रुपैयाँ माथि

१९ मंसिर २०७८, आईतवार १८:११

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार भट्टराईले वार्षिक तलब सुविधाबापत ८९ लाख रुपैयाँ माथि बार्षिक साधारणसभाबाट पारित भएको छ ।

आज सम्पन्न कम्पनीको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ मा भट्टराईले कम्पनीबाट तलव बापत बुझेको ८९ लाख ८८ हजार रुपैयाँ स्वीकृत गरेको हो ।
गत आर्थिक वर्षमा कम्पनीले अन्य व्यवस्थापनका पदाधिकारीहरूलाई भुक्तानी भएको तलव भत्ता उपलब्ध गराएको ५ करोड ३७ लाख समेत पारित गरेको हो ।

लेखापरीक्षण समितिका सदस्यहरूलाई भुक्तानी भएको बैठक भत्ता वापत १ लाख १९ हजार रुपैयाँ पनि सभाले पारित गरेको छ।त्यस्तै,  सञ्चालक समितिका सदस्यहरूलाई भुक्तानी भएको बैठक भत्तावापत ६ लाख ५० हजार रुपैयाँ समेत पारित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*