नेपाल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२० मंसिर २०७८, सोमबार ०६:२२

काठमाडौं । नेपाल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरणका लागि मंसिर २१ गते कम्पनीले बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत वितरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।सभा पुस २ गते बैंकको आफ्नै प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*