नयाँ स्वरुप सहित आइएमई लाइफले ल्यायो च्याटबोट सुविधा, के परिमार्जित भयो त ?

१९ मंसिर २०७८, आईतवार १२:०७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ग्राहकहरुको आग्रहमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ।्कम्पनीले डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई दिने नयाँ स्वरुपमा ल्याएको कम्पनीले जनाएको छ।

एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीद्वारा जनाइएको छ। थप सुविधा दिन तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स तथा डिजिटल प्रविधि अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाइएको कम्पनीले जनाएको छ ।
बितेको एक वर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हालसम्म झन्डै १ लाख ७० हजारवटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको छ। यसबाट पनि उक्त च्याटबोट आजको प्रविधिमैत्री समाजमा अत्यन्त उपयोगी रहेको कुरा पुष्टि हुन्छ।

सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरुको भरपर्दो उत्तर दिई छिटोछरितो रुपमा सेवा प्रदान गरी कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्ने गरी नयाँ स्वरुपमा आएको च्याटबोट आईएमई लाइफ डाइरेक्ट एक प्रकारले कम्पनीकोे भर्चुअल कार्यालयका रुपमा आफूलाई उभ्याउन सफल हुने तथा बढीभन्दा बढी ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई सेवा दिन सफल हुनेमा आफू विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*