रिलायन्स लाइफको साधारणसभाको मिति तय, लााभांश पारित प्रस्ताव मुख्य एजेण्डा

१८ मंसिर २०७८, शनिबार २१:४९

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस ११ गते साधारणसभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५।२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०।२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २४ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*