एशियन लाइफ इन्स्योरेन्सका देशैभरिका बीमा अभिकर्ताहरु पोखरामा, भव्य सम्मान र तालिम जारी

१८ मंसिर २०७८, शनिबार १५:४७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध देशैभरिका बीमा अभिकर्ताहरु पोखरामा भेला भएका छन् । कम्पनीले बीमा अभिकर्ताहरुको क्लव मेम्वर कन्फ्रेन्समा भाग लिन २७० जना भन्दा बढि बीमा अभिकर्ताहरु पोखरामा पुगेका हुन् ।

कम्पनीले देशैभरिबाट छानिएका उत्कृष्ट २७० जना बीमा अभिकर्तालाई भव्य सम्मान तथा तालिम प्रदान गरिने जनाएको छ ।

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाइफले प्रत्येक वर्ष आफ्ना अभिकर्ताहरु मध्ये उत्कृष्ट हुनेलाई देशको हरेक प्रदेशमा सम्मान गर्दै आएको बताए ।

साथै सोही अवसरमा कम्पनीका नायब प्रमुख कार्यकारी होम बहादुर श्रेष्ठले अभिकर्ताहरुले बीमा गर्न लागेका अभिकर्ता पेशालाई व्यसायका रुपमा लिनुपर्नेमा जोड दिएका छन् ।

कम्पनीका कार्यकारी प्रमुख दिनेशलाल श्रेष्ठ र संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संचालक समितका सदस्य सजल मास्के, अन्तर्राष्ट्रिय मोटिभेटर रबिन कटुवाल, कम्पनीका प्रादेशिक प्रमुखहरु र देशैभरीका उत्कृष्ट जीवन बीमा अभिकर्ताहरुको उपस्थिति हरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*