नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१७ मंसिर २०७८, शुक्रबार १६:२०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न भएको छ। सभाले प्रस्तावित १६ प्रतिशत लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको १२।६११ प्रतिशत बोनस र ३।३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ११।२४ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ नाघेको छ । बैंकको ३५औं वार्षिक साधारणसभा काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा भएको हो । साथै सभाले अन्य एजेण्डाहरु समेत पारित गरेको छ र नयाँ आर्थिक बर्षको लागि लेखापरिक्षक समेत नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*