जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार

१७ मंसिर २०७८, शुक्रबार १४:०५

काठमाठौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा योजना दिने प्रवित्ति बढ्दै गएको छ । यसै क्रममासिद्धार्थनगर न।पा। वडा नं। ८, रुपन्देही बस्नुहुने यूवा उद्यमी रवि प्रकाश शर्माले आफ्नो छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार दिएका छन् । युवा उद्यमी रवि प्रकाश शर्माले आफ्नो छोरी स्पर्धा शर्माको बीमा पोलिसी खरिद गरि आफ्नो छोरीको भविष्य सुरक्षित गरेको छन् ।

आफ्नो छोरीको २ करोड २० लाख रुपैयाँको बीमा खरिद गरि आफ्नो छोरीको जन्मदिन भव्यताका साथ मनाई दिएका छन् । भावि दिनमा आउने जोदि सुरक्षणको लागि यो बीमा पोलिसी उपहार दिएको उनले बताए । जन्मदिनको कार्यक्रममा भैरहवा एरिया प्रमुख श्री नरेश सिग्देलले विमाको महत्त्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाईफ इन्स्योरेन्स क।लि।को बारेमा छर्लङ्ग गराउदै आफ्नो प्रिय छोरीको जन्मदिनमा छोरीलाई उपहार स्वरुप विमा पोलिसी उपहार स्वरुप दिनुभएकोमा उहालाई बधाई संगसंगै धन्यवाद दिएका थिए ।

त्यसै गरि भैरहवा शाखा प्रमुख गिरिजा खनालले जन्मदिन जस्ता शुभ दिनमा परम्परागत प्रणाली अनुसार सुन, चादि, हिरा जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्नु पर्नेमा जोड दिएका छन् ।

त्यसैगरी एजेन्सी मेनेजर श्रीधर सुवेदीले शिक्षित परिवार तर बीमा बारेमा चेतना कम भएर पनि विमा नगरेको धेरै ठाउ भेटेको र बीमाको महत्त्व अझै आम सर्वसाधारण जनतालाई जानकारी नभएको भन्दै बीमाको बारेमा व्यापक कार्यक्रम र जनचेतनामुलक कार्यक्रम गनुपर्ने उल्लेख गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*