सानिमा बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१७ मंसिर २०७८, शुक्रबार ११:५३

काठमाडौं । सानिमा बैंक लिमिटेडले कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १० लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले न्यूनतम १ लाखदेखी अधिकतम सम्पूर्ण कित्ता माग गरि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र केन्द्रिय कार्यालय नारायणचौर नक्सालमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*