१० प्रतिशत लाभांश पारित गर्दै फर्स्ट माइक्रोफाइनान्सको १२ औं साधारण सभा सम्पन्न

१६ मंसिर २०७८, बिहीबार १४:३९

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनफाबाट प्रस्ताव गरेको लाभांश उक्त सभाले पारित गरेको छ ।

सभाले हाल कायम चुक्तापूँजी ८७ करोड ६८ लाख रुपैयाँबाट १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सोही सभाले गत आवको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित समेत गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ५ गते एकदिन बुकक्लोज गरेको थियो । जसअनुसार मंसिर २ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*