सिभिल बैंकको ऋणपत्र मंसिर २४ गतेदेखि निष्काशन हुने, कहिलेसम्म दिने आवेदन ?

१६ मंसिर २०७८, बिहीबार ११:४४

काठमाडौं । सिभिल बैंकको ऋणपत्र मंसिर २४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । बैंकको १० वर्ष अवधि रहेको वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्काशन हुने भएको हो ।

बैकले प्रति डिबेञ्चर १००० रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता डिबेञ्चरले हुन आउने १ अर्ब २० करोड ऋणपूँजी रकम (५ प्रतिशत कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाइएको समेत) सर्वसाधारणको लागि र १८ लाख कित्ता डिबेञ्चर व्यक्तिगत तवरबाट गरी कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

उक्त ऋणपत्र निष्काशन बन्द छिटोमा मंसिर २८ गते र ढिलोमा पुष ५ गते हुनेछ । आवेदकले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा बैंकको केन्द्रिय कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*