थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

१४ मंसिर २०७८, मंगलवार १७:५१

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ४ हजार ३२९ जनामा पीसीआर परीक्षण गर्दा २४५ जनामा र २ हजार १४० जनामा एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, मंगलबार पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ भने २५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ९३१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*