थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, २६४ जना निको

१३ मंसिर २०७८, सोमबार १७:१७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुुसार आज ७ हजार २३१ जनामा पीसीआर परीक्षण गर्दा २४३ जनामा र २ हजार ६५७ जनामा एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोमबार पछिल्लो २४ घण्टामा थप २६४ जनामा संक्रमणमुक्त भएका छन भने १ जना संक्रमितको मूत्यु भएको छ । हाल देशभर ६ हजार ९४४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*