दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१२ मंसिर २०७८, आईतवार १६:०५

काठमाडौं । मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड लाभांश सुरक्षित गर्ने भोलि (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिने र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

सभाले संचालक समितिले निर्णय गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने छ । यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २८ गते कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको हो ।

मेगा बैंक लाभांश सुरक्षित गर्ने भोलि (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर १४ गते एक दिनकका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण माथि छलफल र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्ने संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्ने लगायतका एजेण्डा रहेका छन् । सभा मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः१५ बजे बस्ने गरी ११ वार्षिक साधारण सभा आव्हान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*