बीमा समितिको निर्णयबारे छलफल गर्न जीवन बीमा कम्पनीका अध्यक्षहरुको बैठक बस्दै

१२ मंसिर २०७८, आईतवार ११:५८

काठमाडौं । बीमा समितिले गरेको बीमाको सिद्धान्त विपरितको निर्णय सम्बन्धमा छलफल गर्न जीवन बीमा कम्पनीहरुका अध्यक्षहरुको बैठक आज बस्दैछ ।

बीमा समितिले नेपाली बीमा कम्पनीहरुले नेपाली पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्नुपर्ने बाध्यकारी नियम लागू गरेपछि यतिबेला सिंगो बीमा क्षेत्रमा तनाव व्याप्त छ । कोरोना बीमा भन्दा खतरनाक खेल बीमा समितिबाट भएपछि जीवन र निर्जिवन दुवै क्षेत्र स्तब्ध बन्न पुगेको छ । बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई अर्बौ रुपैयाँ आम्दानी हुने बाटो बनाउन बीमाको सामान्य सिद्धान्तभन्दा विपरित हुने गरी गत बिहिवार नयाँ निर्देशन जारी गरेपछि जीवन र निर्जिवन दुवै क्षेत्रमा हलचल मच्चिच्एको छ ।

गत शुक्रबार निर्जिवन बीमा कम्पनीका अध्यक्षहरुको बैठक बसेको थियो भने आज जीवन बीमा कम्पनीका अध्यक्षहरुको बैठक बसेर बीमा समितिको निर्णयका विरुद्धमा छलफल गर्न लागेको एक बीमा कम्पनीका अध्यक्षले बीमापोष्टलाई बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*