कात्तिक महिनामा एनआईबिएल समृद्धि फण्ड–२ को न्याभ बढ्यो

१२ मंसिर २०७८, आईतवार ११:४३

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड–२ ले कात्तिक मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको न्याभ बढको छ ।

अघिल्ला महिनाको मसान्तसम्ममा फण्डको न्याभ ९ रुपैयाँ ८० पैसा रहेकोमा यस अवधिमा १३ पैसा बढेर ९ रुपैयाँ ९३ पैसा पुगेको छ । साथै फण्डको सूचिकृत शेयरमा लगानी समेत बढ्न पुगेको छ । अघिल्लो महिनामा ७० करोड ६३ लाख ३५ हजार रुपैयाँ रहेको सूचिकृत शेयरमा लगानी यस अवधिमा ७ प्रतिशतले बढेर ७६ करोड ६६ हजार पुगेको छ ।

साथै यस अवधिमा फण्डको खुद सम्पत्ति पनि बढेर १ अर्ब ४८ करोड पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*