यो साता नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

११ मंसिर २०७८, शनिबार १३:१०

 

काठमाडौं। नेप्सेमा यो साता २ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । सामलिङ्ग पावर कम्पनी लिमिटेड र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० यस साता नेप्सेमा सूचीकृत भएको हो ।

सामलिङ्ग पावरको ५० लाख कित्ता साधारण सेयर ९आईपीओ० नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*