विभिन्न कार्यक्रमका साथ सिभिल बैंकको ११ औं वार्षिकोत्सव सम्पन्न

१० मंसिर २०७८, शुक्रबार १७:३१

काठमाडौं । सिभिल बैंक लिमिटेडले आाफ्नो ११ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । बैंकले प्रधान कार्यालय र विभिन्न शाखा कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो ।

बैंकले प्रायोरिटी बैंकिग सेवा, कल सेन्टर सेवा, मिस्ड कल बैंकिंग एक घण्टी झ्याप्प पेमेन्ट सेवा लगायतका सेवा सुरु गरेको हो । बैंकले विशेष ब्यक्तिगत निक्षेपकर्ताहरुका लागि झन्झटरहित तथा समर्पित बैंकिग सेवाको लागि प्रायोरीटि बैंकिग सेवाको थालनी गरेको र सो सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरेको हो ।

सो अवसरमा बैंकले सामाजिक उत्तर्दायित्वका अन्तर्गत बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । साथै देशभर छरिएका बैंकका ५६ शाखाहरुमा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमको आयोजना हुने र बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि १० मा अध्ययनरत गरीब तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप ५ हजार रुपैयाँ प्रदान गरिने कार्यक्रम रहेको जनाएको छ ।

त्यस्तै बैकले आफ्ना ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै समस्या तथा गुनासोको समाधान गर्न २४ घण्टा संचालन हुने कल सेन्टर सेवाको समेत उद्घाटन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*