बीमा समितिको सञ्चालक समितिले नै गरेको थियो पुनर्बीमा सम्बन्धी विवादस्पद निर्णय

१० मंसिर २०७८, शुक्रबार १७:१५

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीसँग करोडौं रुपैयाँ कमिशन लिएर बीमाको सामान्य सिद्धान्तभन्दा बाहिर गएर गरिएको बीमकले नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्णय बीमा समितिको सञ्चालक समितिले नै गरेको खुलेको छ ।

यही मंसिर ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई नेपाली बीमा कम्पनीले अनिवार्य व्यवसाय दिनुपर्ने गरी निर्णय गरेको माईन्यूट गरेको र सोही निर्णयको आधारमा अध्यक्ष सूर्य प्रसाद सिलवालले विवादास्पद निर्णय प्रक्रियामा हस्ताक्षर गरेको खुलेको छ ।

बीमा समितिको सम्पर्कमा आएक एक जना सञ्चालकले उक्त निर्णय सोमबारको सञ्चालक समितिको बैठकबाट पास गरिएको बताए । उनीहरुले अर्थमन्त्री जनार्दन शर्मा समक्ष गलत ब्रिफिङ गरी विदेश जाने रकम नेपालमै राख्ने भन्दै बीमाको सिद्धान्त, मूल्य र मान्यता विपरितको निर्णय गर्न सहमति लिएको खुलेको छ । अर्थमन्त्रालयले गलत निर्णय भएको नोटिसमाथि समीक्षा गरिरहेको जनाएको छ ।

अर्थ मन्त्रालयलाई झुक्याएर गरिएको उक्त निर्णय अब के हुन्छ प्रतिक्षाको विषय बनेको छ । सिंगो बीमा व्यवसाय धरासायी बनाउने गरी भएको निर्णयका विरुद्धमा सिंगो बीमा जगत एकजुट हुँदैछ । बीमाकर्मीहरुका अनुसार आवश्यक परेमा आन्दोलन र धर्ना समेतको कार्यक्रम गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । बीमाको सिद्धान्त विपरितका कार्य भएकोले अधिकांश बीमा कम्पनीका सिइओहरु चिन्तित छन् ।

सोमबारको बैठकमा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका सुशिल कुमार कोइराला र मन्त्रिपरिषदबाट नियुक्त भएका कपिलदेव ओलीको उपस्थिति थियो । चार जना सञ्चालक समिति रहने बीमा समितिमा दुई जनाको उपस्थितिमा निर्णय गरिएको हो । सञ्चालक समितिको बैठकको अध्यक्षता गर्ने भएकोले बराबरी भएको अवस्थामा अध्यक्षको निर्णायक मत मानिन्छ ।

One thought on “बीमा समितिको सञ्चालक समितिले नै गरेको थियो पुनर्बीमा सम्बन्धी विवादस्पद निर्णय

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*