समाचारको खण्डन प्रकाशन गरिएको बारे

१० मंसिर २०७८, शुक्रबार १६:०४

बीमापोष्ट डटकममा यही मंसिर ९ गते बिहिवार प्रकाशित उल्लेखित नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी समाचारप्रति चित्त नबुझेको भन्दै सो समाचारमा उल्लेख गरिएका व्यक्ति खम्ब बहादुर खड्काले लिखित खण्डन गरेका छन् ।

उनले २०७८ मंसिर १० गते यस बीमापोष्टको कार्यालयमा पेश गरेको लिखित खण्डनमा आफूले स्नातक तह उत्तिर्ण नै नगरेको,  त्यस्तो शैक्षिक प्रमाणपत्र कुनै पनि निकायमा पेश नगरेको, तथा नक्कली शैक्षिक प्रमाणपत्र आफूले नबनाएको उल्लेख गरेका छन् । उनले आफूसँग व्यक्तिगत रिसइवी भएको व्यक्तिले कीर्ते शैक्षिक प्रमाणपत्र तयार पारी पेश गरेको हुनसक्ने भन्दै समाचारको खण्डन गरेकोमा यो खण्डन प्रकाशन गरिएको छ ।

प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिता २०७३, संशोधित २०७६ समेतलाई समेतलाई मनन् गर्दै, निजले पेश गरेको खण्डन प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*