नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

१० मंसिर २०७८, शुक्रबार १४:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७८र७९ को मौद्रीक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले भनेको छ ,आर्थिक पुनरुत्थानले गति लिन थालेसँगै कर्जा प्रवाह र आयात उच्च दरले बढेको छ । सो अनुसार बढ्दो कर्जा मागलाई व्यवस्थित गर्ने, साधन परिचालनको दायरा बढाउने र उत्पादनशील क्रियाकलापहरुमा स्रोतको अभाव हुन नदिनेतर्फ सजग रही मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ ।साथै मैदिक नितिले अन्य बिषयलाई पनि समिष्टगत रुपमा समेटेको छ। पहिलो त्रैमासिक समीक्षामार्फ कम महत्वका वस्तुहरुको आयतमा कडाई गरिएको छ ।

चाँदीको आयातलाई थप निरुत्साहित गरिएको छ । आगामी असार मसान्तसम्ममा ९० प्रतिशतको सीमामा ल्याइसक्नु पर्ने सीडी रेसियोको कार्यान्वयन गर्ने कार्ययोजना बैंक सञ्चालक समितिले पारित गरी राष्ट्र बैंक समक्ष पेश गर्नु पर्ने जस्ता व्यवस्था पहिलो त्रैमासिक समीक्षामा गरिएको छ ।

https://www.nrb.org.np/contents/uploads/2021/11/Monetary-Policy-2078-79-1st-Quarter-Review.pdf

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*