गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१० मंसिर २०७८, शुक्रबार १४:२३

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सकोमाध्यमबाट सम्पन्न गरेको हो । हालको यस बिषम परिस्थितीलाई मध्यनजर गर्दै कम्पनीले भ्युचुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ ।साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*