आठ महिनाका लागि सिडी रेसियो गणना निलम्वन गर्ने राष्ट्र बैंकको निर्णय

१० मंसिर २०७८, शुक्रबार १३:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति गणना हालको लागि निलम्वन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक मौद्रिक नीति समीक्षामार्फत यस्तो निर्णय गरेको हो ।

केन्द्रीय बैंकका प्रबक्ता देव कुमार ढकालले शुक्रबार मौद्रिक नीतिमाथिको समीक्षा सार्वजनिक गर्दै हाल लागू गरिएको सीडी रेसियो ९० प्रतिशत कायम गर्नै पर्ने व्यवस्था तत्कालका लागि हटाइएको र आगामी २०७९ साल असार मसान्तसम्ममा सिडी रेसियो ९० प्रतिशत पुर्याउन छुट दिइएको बताए ।

केन्द्रीय बैंकले उक्त निर्णयले हाल सिडी रेसियो १०२ प्रतिशतसम्म पुर्याएका बैंकहरुलाई ठूलो राहत हुन आएको छ । प्रबक्ता ढकालले भने, ‘बैंक तथा वित्तीय संस्था जसको ९० प्रतिशतमाथि छ उनीहरुले २०७९ असार मसान्तसम्म ९० प्रतिशत भित्र ल्याउने गरी कार्ययोजना बनाएर ९० प्रतिशतभन्दा माथि सिडी रेसियो पुर्याउन छुट दिइएको छ ।’

सीडी रेसियोमा थप ८ महिनाका लागि गरिएको खुकुलो प्रावधानले बैंकहरुलाई तत्कालै भने राहत भएको छ । यद्यपि यो निर्णय सिंगो बैंकिङ क्षेत्रको सुरक्षाको लागि निकै घातक रहेको देखिएको छ । बैंकले असिमित रुपमा कर्जा प्रवाह गर्दै जाँदा बैंकिङ सिष्टम नै कोल्याप्स हुने खतरा बढेको अर्थविदहरुको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*