बिन्ध्यबासिनी हाइड्रोपावरको साधारण सभा पुष २ गते, १० प्रतिशत लाभांश पारित गर्ने

१० मंसिर २०७८, शुक्रबार १२:५२

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस २ गते आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*