प्राइम लाइफ सहित ३ कम्पनीको शेयरमूल्य समायोजन

१० मंसिर २०७८, शुक्रबार ११:४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बैंक अफ काठमाडाण्डू, स्टयाण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरन्सले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

बैंक अफ काठमाण्डूले १० प्रतिशत बोनस शेयर, स्टयाण्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत र प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज तीन कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

बैंक अफ काठमाडाण्डको अघिल्लो दिन कायम ३४१ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ३१० रुपैयाँ कायम गरेको छ । साथै स्टयाण्डर्ड चार्टर्ड बैंकको अघिल्लो दिन कायम ५३५ रुपैयाँका आधारमा बोनस शेयर वितरणपछिको शेयरमूल्य ४८६ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

साथै प्राइम लाइफ इन्स्योरेन्सको अघिल्लो दिन कायम ८७० रुपैयाँका आधारमा बोनस शेयर वितरणपछिको शेयरमूल्य ७५६ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*