नेपाल बैंकको ६२ औं साधारण सभा पुस २ गते, बुक क्लोज कहिले ?

१० मंसिर २०७८, शुक्रबार ११:३६

काठमाडौं । नेपाल बैंक लिमिटेडले ६२ औं वार्षिक साधारण सभा पुस २ गते आह्वान गरेको छ । कम्पनीले सभा बैंकको आफ्नै प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समते पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*