गुराँस लाइफ इन्स्योरेन्सको ११ औं वार्षिक साधारण सभा आज हुँदै

१० मंसिर २०७८, शुक्रबार ११:२३

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारण सभा आज (मंसिर १० गते) हुँदैछ । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, साधारण सभा र लाभाशं प्राप्तिका लागि कम्पनीले कात्तिक २३ गते बुक क्लोज गर्ने भएकाले कात्तिक २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*