मेरो माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१० मंसिर २०७८, शुक्रबार ११:१९

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १ लाख ४ हजार ८ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी सूरुची मित्तलले आफ्नो नाममा रहेको ४ हजार ८ सय कित्ता प्रति शेयर ५५० रुपैयाँ, राजेश कुमार अग्रवालले आफ्नो नाममा रहेको ५० हजार कित्ता र श्रवण कुमार अग्रवालले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको सम्पर्क कार्यालय सितापाईला काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*