नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना खुल्ला, प्रहरी जवानसहित २३२० जना माग, कहाँ कहाँबाट दिने आवेदन ?

१० मंसिर २०७८, शुक्रबार ०७:५४

काठमाडौं । नेपाल प्रहरीले आज ठूलो संख्यामा नयाँ भर्ना खुल्ला गरेको छ । आज प्रकाशित गोरखापत्रमार्फत प्रहरीले ठूलो संख्यामा भर्ना खोलेको हो । आज प्रकाशित सूचना अनुसार यही मंसिर १९ गतेदेखि पुस २३ गते आवेदन दिने म्याद तोकिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आजदेखि भर्ना खुल्ला गरिएकोमा १ सय ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर), प्रहरी जवान एक हजार नौ सय ७१ जना, कार्यालय सहयोगी (भान्से) १ सय ६३ जना, हजाम १० जना, कार्यालय सहयोगी (सिलाइ बुनाइ) १० जना, कुचिकार १० जना र धोबी १० जनासहित कूल दुई हजार ३२० जनाको लागि नयाँ भर्ना पनि खुलेको हो ।

नेपाल प्रहरीमा आईजिपीसम्म बन्न पाउने हुँदा प्रहरी इन्स्पेक्टरमा भर्ना हुन निकै प्रतिस्पर्धा हुने गर्दछ । उक्त पदमा आठ स्थानबाट आवेदन दिने व्यवस्था गरिएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) को लागि आवेदन दिन चाहनेहरुले काठमाडौंमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी, पूर्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आवेदन दिन सक्नेछन् ।

पाँच फिट दुई इन्च उचाई, छाती ३१–३३ इन्च भएका तथा ५० केजी तौल पुग्ने व्यक्तिले आवेदन दिन पाउने छन् । प्रहरी इन्स्पेक्टरको लागि स्नातक तह उत्तिर्ण हुनुपर्नेछ । साथै उमेर २० वर्ष पुरा भएको तथा २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै प्रहरी जवान र कार्यालय सहयोगीले भने १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरको सम्पर्क कार्यालय राजविराज सप्तरी, बागमती प्रदेश प्रहरी तालिम केन्द्र सुधौली सिन्धुली, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, कर्णांली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्ज बाँके, सुदुरपश्चिम प्रहरी तालिम केन्द्र दिपायल, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरी प्रहरी परिसर ललितपुर र सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने सूचना आजको गोरखापत्रमा छापिएको छ ।
प्रहरी जवानको लागि कक्षा ८ उत्तिर्ण गरेको हुनुपर्ने उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*