२६ प्रतिशत लाभांश दिने साना किसान विकास लघुवित्तको निर्णय

९ मंसिर २०७८, बिहीबार ११:२३

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको बुधबार बसेको संचालक समितिको बैंठकले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभाशं गरी कुल २६.३१५७ प्रतिशतका दरले ३१ करोड २८ लाख ८२ हजार ७३५ रुपैयाँ बराबरको बोनश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्तपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*