निफ्रा र मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन

९ मंसिर २०७८, बिहीबार ११:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र मेरो माइक्रोफाइनान्स लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज यी दुई कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

निफ्राले ८ प्रतिशत र मेरो माइक्रोफाइनान्स लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरण पछि नेप्सेले आज दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम निफ्राको शेयरमूल्य ३५८ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ३३१ रुपैयाँ ४८ पैसा कायम गरेको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको अघिल्लो दिन कायम १४४० रुपैयाँका आधारमा बोनस शेयर वितरण पछिको शेयरमूल्य १२०० रुपैयाँ समायोजन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*