ज्योति विकास बैंकको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

९ मंसिर २०७८, बिहीबार ११:०९

काठमाडौं । ज्योति विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

बिहिबार बसेको संचालक समितिको २०६ औं बैंठकले १५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले आव २०७७।०७८ को मुनाफाबाट बोनश शेयर ११ प्रतिशत र नगद लाभांश ४ दशमलव ५ प्रतिशत गरी कुल १५.५ प्रतिशतले हुन आउने ५९ करोड ५९ लाख ४७ हजार ५३१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*