कालिका लघुवित्तको १३ प्रतिशत लाभांश प्रस्ताव

९ मंसिर २०७८, बिहीबार ११:०६

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर ८ गते बसेको संचालक समितको २११ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्ता पूँजी २७ करोड ६८ लाख ८० हजार रुपैयाँबाट १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त पाएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*