शिवम् सिमेन्ट्सले ५ लाख रुपैयाँ बराबर बीमाङ्कको निःशुल्क दुर्घटना बीमा गराउने

८ मंसिर २०७८, बुधबार १७:५४

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मीहरुका लागि निःशुल्क दुर्घटना बीमा गराउने भएको छ । आज सम्पन्न परामर्श तथा अन्तरिक्रिया कार्यक्रममा शिवम् सिमेन्ट्सले सहभागी २६० जना निर्माणकर्मीहरुलाई ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पोलिसी हस्तान्तरण गरेको हो ।

कम्पनीले मुग्लिङ, दमौंली, आबुखैरेनी, डुम्रे, दमौंली र गोरखाका निर्माणकर्मीहरुसँग सो कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको थियो । साथै निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुलाई हुने जोखिमको मध्यनजर गर्दै शिवम् सिमेन्ट्सले हरेक सहभागी निर्माणकर्मीका लागी उक्त रकम बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसि हस्तान्तरण गरेको थियो ।

शिवम् सिमेन्ट्सले पहिलो चरणअन्तर्गत भदौ तथा असोज महिनामा काठमाडौं, मकवानपुपर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढी निर्माणकमीहरुसँग अन्तरक्रिया कार्यक्रम गरी जोखिम बीमा गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*