नेप्से झिनो अंकले बढ्दा ४ अर्बमाथिको कारोबार, ३ उपसूचक बाहेकका सबैमा छायो हरियाली

८ मंसिर २०७८, बुधबार १५:१७

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १.८२ अंक अर्थात् शुन्य दशमलव ७ प्रतिशतले बृद्धि भई २७३४.९४ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ रुपैयाँको कारोबार भएको छ ।

साथै नेप्सेमा रहेका १३ उपसूचक मध्ये ३ उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक रुपैयाँका आधारमा विकास बैंक उपसूचकमा ४२.८१ ले बृद्धि भएको छ ।

त्यस्तै, आज सर्वाधिक हुन कम्पनीमा नेपाल दुरससंचार कम्पनी (एनटिसी) रहेको छ । कम्पनीको आज एकैदिन २६ करोड १५ लाख ५६ हजार ८३४ रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कमाउने कम्पनीमा आज मैलुङ खोला जलविद्युत रहेको छ । कम्पनीको ९.४७ प्रतिशत अंकले बृद्धि भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*