नागरिक लगानी कोषद्धारा एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी
नागरिक लगानी कोषले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस, कोभिड १९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ ।कोभिड–१९ को सुरुवात देखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैया उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउदै आइरहेको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।
उक्त शाखाका बरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुको श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गर्नुभयो । चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफुलाई राहत पुगेको बताउनु भयो ।