नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच रेमिटेन्स सम्झौता

८ मंसिर २०७८, बुधबार १३:१२

काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटसँग रेमिटेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात दक्षिण कोरियमा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रकम पठाउदा नबिल रेमिट एजेन्ट मार्फत रकम पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका प्रेसिडेन्टर अध्यक्ष रुद्र शर्माले हस्ताक्षर गरेका हुन् ।

ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत कुनै पनि बैंक खातामा जम्मा गर्न सकिनेछ । बैंकका नेपालभर १५ हजार भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*